Logo
Logo

नवनियुक्त महिला तथा बालबालिका मन्त्रीद्वारा पदभार ग्रहण


630
Shares

काठमाडौँ । नवनियुक्त महिला तथा बालबालिका मन्त्री श्रद्धा श्रेष्ठले मन्त्रालयमा पदबहाली गरेकी छन् ।

The current image has no alternative text. The file name is: shraddha-shrestha.jpg

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा नियुक्त भएका चार नवनियुक्त मन्त्रीहरूले आज राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका थिए ।

राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिने मन्त्रीहरूमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमारसिंह इङ्नाम, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारी, वन तथा वातावरण मन्त्री माधव चौलागाईं, र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठ रहेका थिए ।

गत भदौ २७ गते गठित मौजुदा मन्त्रिपरिषद्को संख्या आजको विस्तारसँगै १४ पुगेको छ । यसअघि भदौ २३–२४ गतेको जेनजी आन्दोलनपछि भदौ २७ मा प्रधानमन्त्री कार्कीको नेतृत्वमा मन्त्रिपरिषद् गठन भएको थियो । यो मन्त्रिपरिषद् भदौ ३०, असोज ६ र कात्तिक ९ मा समेत विस्तार भइसकेको थियो ।

प्रतिक्रिया दिनुहोस्