Logo
Logo

मन्त्री श्रेष्ठद्वारा राष्ट्रिय लैङ्गिक परीक्षण कार्यविधि २०८२ स्वीकृत


252
Shares

काठमाडौँ । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले शुक्रबार पदभार ग्रहण गरेकी छन् । शीतल निवासमा सपथ ग्रहण गरेपछि उनले सिंहदरबारस्थित मन्त्रालयमा पुगेर पदभार ग्रहण गरिन्।

The current image has no alternative text. The file name is: shraddha-shrestha-1.jpg

मन्त्रालयमा कर्मचारीहरूले उनलाई स्वागत गरे । पदभार ग्रहणका अवसरमा मन्त्री श्रेष्ठले राष्ट्रिय लैङ्गिक परीक्षण कार्यविधि २०८२ स्वीकृत गरेकी छन् । यस कार्यविधि मार्फत सार्वजनिक निकायका नीति, कार्यक्रम, संरचना, निर्णय प्रक्रिया र कार्यवातावरणलाई लैङ्गिक दृष्टिले परीक्षण गरी लैङ्गिक उत्तरदायी शासन प्रणाली प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ ।

मन्त्री श्रेष्ठ यसअघि नेपाल पर्यटन बोर्डमा वरिष्ठ प्रबन्धकको रूपमा कार्यरत थिइन् ।

प्रतिक्रिया दिनुहोस्