Logo
Logo

सल्यानको श्रीनगर प्रभु बैंकको शाखा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गर्ने क्रममा मिति २०७७ असोज २५ देखि सल्यान जिल्लाको शारदा नगरपालिका वडा नं १ स्थित श्रीनगरमा  २०९औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकको श्रीनगर शाखा कार्यालयको समुद्घाटन शारदा नगरपालिकाका मेयर सुंरेश अधिकारीले गरेका थिए ।

बैंकको श्रीनगरमा शाखा कार्यालयको समुद्घाटन गर्दै प्रमुख अतिथी अधिकारीले प्रभु बैंकले आप्mनो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ पहुँच नपुगेको ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घरआँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको तथा प्रभु बैंकको यो अभियानले देशभरिनै बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउँदै बैंकलाई सफलताको शुभकामना व्यक्त गरे ।

बैंकको श्रीनगरमा शाखा कार्यालयबाट गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा प्रवाह हुने भएकाले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारण, व्यावसायिक फार्म, कम्पनी तथा संघसंस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ बानीको विकासमा अभिवृद्घि भई स्थानीयस्तरको सम्पूर्ण आर्थिक कारोबार बैंकिङ प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा श्रीनगर शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्