Logo
Logo

वडाध्यक्षले छिमेकीलाई मरणासन्न हुने गरी पिटे, पीडितको न्युरो अस्पतालमा उपचार हुँदै


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २६ असोज । सिन्धुलीको गोलंजोर गाउँपालिकाको २ नम्बर वडाका वडाध्यक्ष दौलत कार्कीले स्थानीय ध्रुव कार्कीलाई शनिबार राति मरणासन्न हुने गरी कुटपिट गरेका छन् । अध्यक्ष कुटपिटले शशिरभरि निल परेको छ । चिकित्सकहरुले उनको टाउकोमा असर परेको हुनसक्ने बताएका छन् ।

पीडित ध्रुवको राजधानीको माइतीघरस्थित अन्नपूर्ण न्युरो हस्पिटलमा भर्ना गरेर उपचार भइरहेको उनका भतिजा हरिकिशोर कार्कीले जानकारी दिए । वडाध्यक्ष दौलतले गोलंजोर गाउँपालिका वडा नम्बर २ वितिजोर भरी आतंक मच्चाउँदै आएका छन् । गोलंजोर गाउँ पालिकाका प्रबक्तासमेत रहेका वडाध्यक्ष दौलतले सार्बजनिक जग्गा अतिक्रमण गर्ने, आफ्ना विरोधीहरुलाई शारीरिक आक्रमण गर्ने, धम्क्याउने गर्दै आएका छन् । जनप्रतिनिधि स्वयं वडाभर आतंक मच्चाउँदै हिँडेका छन्, एक स्थानीय बासिन्दाले भने, न्याय दिनु पर्ने ब्यक्ति आफैं जनतालाई सताउँदै हिँड्छ भने न्याय माग्न कहाँ जाने ?

कुटपिटबाट सख्त घाइते ध्रुव कार्कीलाई स्थानीय ग्वाल्टार स्वास्थ्य चौकीमा सुरुमा भर्ना गरिएको थियो । कुटाइबाट टाउकोमा चोट लागेकाले उनले बान्ता गरेका थिए । त्यसपछि त्यहाँ उपचार हुन नसक्ने भन्दै चौकीले काठमाडौं लैजान सल्लाह दिएको थियो । म टिभी हेरेर बसिरहेको थिएँ, पीडित ध्रुब कार्कीले भने, तँ मेरो बद्नाम गर्ने भन्दै एक्कासी लात्तीमुक्का र लौरोले आक्रमण गरे । मैले प्रतिबाद गर्नै सकिन । म बेहोस भएर लडेपछि मर्यो भनेर छाडेर हिँडेछन् ।

प्रतिक्रिया दिनुहोस्