
काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्ने बस्दैछ ।
बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केटमा बैठक बस्ने भएको हो । नवनिर्वाचित सचिव डा राजन भट्टराईले आज बैठक बस्ने जानकारी दिएका छन् ।
बिहीबार सम्पन्न महाधिवेशनले केपी शर्मा ओलीको अध्यक्षतामा ३०१ सदस्यीय नयाँ केन्द्रीय कमिटी चयन गरेको छ ।
नवनिर्वाचित पदाधिकारी र सदस्यहरूले बिहीबार नै शपथ ग्रहण गरिसकेका छन् ।
यो बैठकले पार्टीको आगामी कार्ययोजना, पोलिटब्युरो तथा स्थायी कमिटी गठन लगायतका सांगठनिक विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ ।











