काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय कार्य संयोजन समितिको बैठकका एजेन्डा पारित गरेको छ । शुक्रवार केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकले विभिन्न एजेन्डा पारित भएको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए ।

बैठकमा समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यदिशाबारे छलफल भइरहेको छ । बैठकले छलफलका लागि ७ वटा एजेन्डाहरू पारित गरेको छ ।
यी हुन् ७ एजेन्डाहरू :
१. समसामयिक राष्ट्रिय राजनीति तथा पार्टीको दायित्व
२. जनजागरण तथा सङ्गठन सुदृढीकरण अभियान
३. महाधिवेशन र अधिवेशनबारे
४. केन्द्रीय कार्य समिति गठन र बैठक
५. केन्द्रीय सचिवालय गठन तथा बैठक
६. कार्य विभाजन
७. विविध













