Logo
Logo

कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप, ८ जना घाइते


693
Shares

कञ्चनपुर । कञ्चनपुर कारगारमा कैदीबन्दीबीच झडप हुँदा ८ जना कैदीहरु घाइते भएका छन् । कारागार प्रशासनका अनुसार, चौकिदार नाइके लगायतको समुह र अन्य कैदी बन्दीको समुहबिच झडप भएको हो । शुक्रबार दिउँसोदेखि झडप सुरु भएको र साँझ अबेरसम्म पनि कारागार तनावग्रस्त बनेको छ ।

प्रहरीका अनुसार झडपमा परेर किरनसिंह, दिनेश कुँवर र, करन कुँवर, राजेन्द्र सुनार गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपवचारका लागि महाकाली प्रादेशिक अस्पताल पु¥याइएको छ । यसैगरि सन्दीप भण्डारी, मदन गिरी, जनक खडका र रोशन शाही पनि घाइते भएका छन् । उनीहरु सामान्य घाइते भएकाले अस्पताल लगिएको छैन ।

घाइतेहरु सबै नाइके प्रकाश मल्ल पक्षका हुन् । उनीहरु चौकीदार र सहनाइके लगायतका हुन् । जेलर बन्दना सुवेदीका अनुसार, चौकीदार तथा नाइकेहरुले समयमा खाना नदिने, विभिन्न भत्ताहरु पनि नदिने र सिजन अनुसार पाउने लुगा कपडा समेत नदिने गरेको कैदीहरुले आरोप छ ।

यसैगरि कैदी बन्दीका निवेदनहरु पनि कारागार प्रशासनमा पु¥याउन कैदी बन्दीबाट पैंसा लिने गरेको आरोप लगेको छ । ‘कारागार प्रशासनमा आउजाउ गर्न मिल्ने अधिकार चौकीदार र नाइकेहरुलाई मात्रै हुन्छ, उनीहरुले नै कैदी बन्दीका निवेदन प्रशासनसम्म ल्याउन पाउँछन्,’ जेलर सुवेदीले भनिन्, ‘तर कतिपय कैदी बन्दीले उक्त निवेदन प्रशासनसम्म पु¥याउन पैसा तिर्नुपरेको गुनासो आएको छ ।’

अदालतमा जानका लागि वा अन्य काम देखि कैद छुटसँगै एक वर्षभन्दा कम कैद सजाय बांकी रहेकाहरुको हकमा पैसा तिरेर कैद खरिद गर्ने लगायतका कामका लागि कैदी बन्दीले निवेदन दिनुपर्ने हुन्छ । तर चौकीदार र नाइकेहरुले उक्त निवेदनहरुका लागि १५/२० हजारसम्म लिने गरेको पाइएको छ ।

कैदी बन्दीहरुले चौकीदार र नाइकेको सरुवा गरिनुपर्ने, उनीहरुलाई कारवाही हुनुपर्ने लगायतका माग राखेर नारावाजी गरिरहेका छन् । कैदी बन्दीहरुलाई दैनिक ७ सय ग्राम चामल, ८० रुपैंया भत्ता र जाडो र गर्मीमा एक/एक जोर लुगाका लागि भत्ता दिनुपर्ने हुन्छ । तर नाइके र चौकीदारहरुले उक्त भत्ता समेत नदिने गरेको पाइएको छ ।

१ सय ४० जना कैदी बन्दी राख्न सक्ने क्षमताको कारागारमा अहिले १७ महिला सहित ३ सय ८४ जना कैदी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्