Logo
Logo

त्रियुगामा दाजुले गरे भाइको हत्या


630
Shares

काठमाडौं । उदयपुरमा धारिलो हतियार (खुकुरी) प्रहार गरेर दाजुले भाइको हत्या गरेका छन् । गएराति त्रियुगा नगरपालिका–१ मा ४३ वर्षीय युवराज राईले ३० वर्षीय भाइ धर्मराज राईको हत्या गरेका छन् ।

खुकुरी प्रहारबाट गम्भीर घाइते राईको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा राति नै मृत्यु भएको हो । प्रहरीका अनुसार आमालाई कुटपिट गरेको विषयमा दाजु भाईबीच वादविवाद भएको थियो ।

सो क्रममा दाजुले भाइलाई खुकुरी प्रहार गरी भागेका थिए । फरार युवराजको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्