Logo
Logo

स्रोत नखुलेको २० लाखसहित २ जना पक्राउ


567
Shares

काठमाडौं । दोलखाबाट स्रोत नखुलेको करिब २० लाखसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

भीमेश्वर नगरपालिका–७ बाट स्रोत नखुलेको १९ लाख ९२ हजार ५ सयसहित लमजुङको सुन्दरबजार २ का रामचन्द्र शर्मा र झापाको मेचीनगर–७ का शेरबहादुर राउत पक्राउ परेका हुन् ।

शुक्रबार अपरान्ह शंकास्पद रूपमा झोलामा सामान बोकेर हिँडेको अवस्थामा खानतलासी गर्दा उक्त रकम भेटिएको र रकमको स्रोत खुल्न नसकेपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले दोलखाका प्रहरी निरक्षक श्रीराम तिमल्सिनाले बताए ।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्