Logo
Logo

वीरगञ्जका पूर्व मेयर सरावगीले छाडे एमाले, लिए रास्वपाको सदस्यता


441
Shares

वीरगञ्ज । नेकपा एमालेका केन्द्रीय सदस्य तथा वीरगञ्ज महानगरपालिकाका पूर्वप्रमुख विजयकुमार सरावगी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।

The current image has no alternative text. The file name is: bijaya.jpg

सरावगीले अनलाइनमार्फत रास्वपाको सदस्यता लिएका हुन् । उनले आफू देशभक्ति र भ्रष्टाचारविरोधी अभियानबाट प्रभावित भएर रास्वपामा जोडिएको बताएका छन् ।

२०७४ सालमा जनता समाजवादी पार्टीबाट वीरगञ्जको प्रमुखमा निर्वाचित सरावगी २०७९ को स्थानीय तह निर्वाचनमा एमालेबाट उम्मेदवार बनेका थिए । उनी जसपा छाडेर एमाले प्रवेश गरेका थिए ।

वीरगञ्जको प्रमुखमा उम्मेदवार बन्ने उद्देश्यले रास्वपा प्रवेश गरेको चर्चा चले पनि सरावगीले आफू पार्टीको सदस्य मात्रै भएको र जिम्मेवारी पाए इमानदारीपूर्वक पूरा गर्ने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्