Logo
Logo

विद्याको टिप्पणी- प्रतिस्पर्धाबाट एमालेकाे नेतृत्व चयन जबजको जीवन्त अभ्यास


1.7k
Shares

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिस्पर्धाबाट भएको नेतृत्व चयनले जनताको बहुदलीय जनतालाई जीवन्त बनाएको बताएकी छन् ।

एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केपी ओली नेतृत्वको कमिटीलाई वक्तब्यमार्फत बधाई दिँदै दिँदै उनले लोकतान्त्रिक प्रतिस्पर्धाको माध्यमबाट पार्टीले नयाँ नेतृत्व चयन गर्नु आफैँमा एमालेको संगठनात्मक परिपक्वता र जनताको बहुदलीय जनवाद (जबज)को जीवन्त अभ्यास भएको बताएकी हुन् ।

उनले भनेकी छन्, ‘यस महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले पार्टीले अवलम्बन गरेको सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’को मार्गदर्शनमा आन्तरिक लोकतन्त्र, सामूहिक नेतृत्व र संगठनात्मक एकतालाई अझ सुदृढ बनाउँदै पार्टीलाई अघि बढाउने विश्वास लिएको छु ।’

महाधिवेशनमा विचार, निष्ठा र पद्धतिप्रति प्रतिबद्ध रहँदै प्रतिस्पर्धामा सहभागी भएका सम्पूर्ण नेता तथा कार्यकर्तालाई धन्यवाद दिँदै उनले लोकतन्त्रमा प्रतिस्पर्धा स्वाभाविक र आवश्यक प्रक्रिया भन्दै यसले संस्थालाई थप सुदृढ र जीवन्त बनाउँने बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्