
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पूर्वप्रधानमन्त्रीलाई उपत्यका बाहिर जान नदिएर कस्तो चुनाव गर्न खोजेको भन्दै सरकारसँग प्रश्न गरेका छन् ।
मोरङको विराटनगर–६ मा आयोजित पार्टीको कार्यक्रममा बोल्दै उनले अन्तरिम सरकारले नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्थानहद लगाइएको प्रति आश्चर्य प्रकट गर्दै आपत्ति जनाएका हुन् ।
‘देशको पूर्वप्रधानमन्त्री भइसकेको व्यक्ति, पार्टीको प्रमुख व्यक्तिलाई उपत्यका बाहिर जान नपाइने भनेको छ । अनि सरकार अर्कोतिर के भन्दै छ भने म चुनाव गराउँछु,’ उनले भने, ‘यो कस्तो चुनाव गर्न खोज्दै छ ?’











