Logo
Logo

कार्की बैंक्वेटमा ईश्वर पोखरेल पक्षको भेला


3.8k
Shares

काठमाडौं । नेकपा (एमाले)को नेता ईश्वर पोखरेल पक्षले शनिवार काठमाडौंको कार्की बैंक्वेटमा भेला आयोजना गरेको छ। 

The current image has no alternative text. The file name is: Ishwor-pokhrel.gif

भेलामा पोखरेल पक्षबाट लडेका नेता तथा कार्यकर्ता सहभागी छन् । आन्तरिक छलफलका लागि पोखरेल पक्षले भेला आयोजना गरेको जनाएको छ । 

एमालेको एघारौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक पनि कार्की बैंक्वेटमै बसेको थियो । पोखरेल पक्षले पनि छलफलका लागि कार्की बैंक्वेट नै रोजेको हो । पोखरेल अध्यक्षमा केपी शर्मा ओलीसँग पराजित भएका थिए। 

भेलामा पोखरेल पक्षबाट निर्वाचित भएका एमाले उपाध्यक्ष गोकर्ण विष्ट र उपमहासचिव योगेश भट्टराई लगायतका नेता पनि सहभागी छन् । 

त्यस्तै, भेलामा एमाले पूर्वउपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, कर्णबहादुर थापा, गोकुल बास्कोटालगायतका नेता पनि सहभागी छन् । आन्तरिक छलफलका लागि भेला आयोजना गरिएको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्