Logo
Logo

देश परिवर्तन गर्न राजनीतिमा आएका हौँ : कुलमान घिसिङ


378
Shares

चितवन । उज्यालो नेपाल पार्टीका संरक्षक तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले आफूहरू परम्परागत राजनीति गर्न नभई देशमा वास्तविक परिवर्तन ल्याउन आएको बताएका छन् ।

The current image has no alternative text. The file name is: kulman-11.jpg

चितवनमा शनिवार आयोजित जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै घिसिङले देशलाई परिवर्तन गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे । ‘हामी राजनीति गर्न आएका होइनौँ, देश परिवर्तन गर्न आएका हौँ,’ उनले भने ।

राजनीति र नेतृत्व अलग९अलग कुरा भएको उल्लेख गर्दै घिसिङले नेपालमा प्रचलित राजनीतिक शैलीलाई परिवर्तन गर्न आवश्यक रहेको बताए ।  ‘नेपालमा जस्तो राजनीति छ, त्यस्तो राजनीति गर्न हामी दल खोलेर आएका होइनौँ। यो बाटो मात्र समातेका हौँ,’ उनले भने ।

देशमा परिवर्तन, सुशासन र समृद्धि नभएसम्म अघि बढ्न नसकिने बताउँदै उनले जनताको सेवक बनेर काम गर्न आएको स्पष्ट पारे ।  ‘देश परिवर्तन भएन, सुशासन भएन र समृद्धि आएन भने मुलुक कहिल्यै अगाडि बढ्दैन,’ घिसिङले भने, ‘हामी देशको शासक होइन, आम नेपाली जनताको सेवक बनेर परिवर्तनकारी नेतृत्व दिन आएका हौँ ।’

प्रतिक्रिया दिनुहोस्