Logo
Logo

उम्मेदवार सिफारिसमा जेनजी को नाम अनिवार्य राख्न नेकपाको निर्देशन


315
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ कम्तीमा एक जना जेनजी युवा र एक जना महिलासहित बढीमा ५ जना उम्मेदवार सिफारिस गर्न आन्तरिक निर्देशन जारी गरेको छ । 

The current image has no alternative text. The file name is: nekapa-prachadn-madhv.jpg

संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालद्वारा हस्ताक्षरित अन्तरपार्टी निर्देशनमा भनिएको छ, ‘प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तीमा एक जना जेनजी युवा र एक जना महिलासहित बढीमा ५ जनासम्म सिफारिस गर्ने ।’ निर्देशनमा सिफारिस हुने उम्मेदवार यसअघि निर्वाचित जनप्रतिनिधि भए नभएको विवरण खुलाउनुपर्ने र लोकप्रिय तथा जित्ने सम्भावना भएका उम्मेदवारलाई प्राथमिकता दिनुपर्ने उल्लेख छ । 

यसैगरी, राष्ट्रिय सभाका लागि प्रदेश तहबाट निर्वाचन हुने प्रत्येक क्लस्टरमा बढीमा ५-५ जना सिफारिस गर्न भनिएको छ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि समानुपातिकतर्फ एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लाबाट कम्तीमा २ जना महिलासहित ४ जना सिफारिस गर्न निर्देशन दिइएको छ ।

‘एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाबाट प्रत्येक क्षेत्रबाट थप २-२ जना सिफारिस गर्ने । सम्पर्क समन्वय प्रदेश, उपत्यका विशेष प्रदेश र प्रवास प्रदेशले २ जना महिला र २ जना पुरुष गरी ४ जना तथा जनवर्गीय सङ्गठन र मोर्चाको केन्द्रीय समितिले पनि २ जना महिला र २ जना पुरुष गरी ४ जना सिफारिस गर्ने,’ निर्देशनमा उल्लेख छ । 

उम्मेदवार सिफारिस गर्दा संविधान र प्रचलित कानुनबमोजिम महिला, दलित, जनजाति, मधेशी, थारु, मुस्लिम, अपाङ्गता भएका व्यक्ति, पिछडिएको क्षेत्र र अल्पसंख्यक समुदायलाई ध्यान निर्देशन दिइएको छ । ‘शहीद परिवार, बेपत्ता योद्धा परिवार, द्वन्द्वपीडित, घाइते, अपाङ्गता भएका तथा आर्थिक रूपमा विपन्न वर्गलाई प्राथमिकतामा राख्ने । एकै परिवारका एकभन्दा बढी व्यक्तिलाई सिफारिस नगर्ने,’ निर्देशनमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्