Logo
Logo

भान्सा कोठामा आगलागी हुँदा बुहारीको मृत्यु, ससुरा घाइते


1.1k
Shares

काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका–६ धुराफाँटस्थित एक घरको भान्सा कोठामा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

आइतबार अपराह्न धुराफाँट निवासी ६२ वर्षीय दुर्गामान बम्जनको साढे २ तले पक्की घरको बीच तल्लामा रहेको भान्सा कोठाभित्र अचानक आगलागी हुँदा घरभित्रै रहेकी बम्जनकी ३२ वर्षीया बुहारी सुशीला बम्जनको मृत्यु भएको हो ।

आगो अत्यन्त तीव्र भएकाले उनलाई बाहिर निकाल्न नपाउँदै घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीले जानकारी दिए । प्रहरीका अनुसार आगलागीमा ससुरा दुर्गामान बम्जन घाइते भएका छन् । उनको दाहिने हात, दाहिने खुट्टा र ढाडको भागमा आगोले जलेको ।

उनको अवस्था मध्यम रहेको र थप उपचारका लागि काठमाडौ रिफर गरिएको सिन्धुली अस्पतालले जनाएको छ । भान्सामा प्रयोग भइरहेको मट्टितेल वा पेट्रोलबाट आगो सल्किएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको र अनुसन्धानको निष्कर्षपछि आगलागीको कारण सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्