
काठमाडौं । माइतीघरमा प्रदर्शनका क्रममा जेनजी युवा रविकिरण हमालसहित ५ जना पक्राउ परेका छन् । सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगानासहितका युवाहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।
प्रशासनसँग अनुमति नलिई गरेको प्रदर्शनका क्रममा माइतीघर मण्डलाबाट रविकिरणसहित ५ जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रदर्शनमा सहभागीहरूले सर्वपक्षीय सरकार गठन गरेपछि मात्रै चुनाव हुनुपर्ने माग गरेका छन् । उनीहरूले ‘जेनजीको माग चुनाव होइन, सुशासन हो,’ लेखिएका प्लेकार्ड बोकेका छन् ।












