Logo
Logo

सर्वपक्षीय छलफल ‘खरानीको डल्ला’ जस्तै भयो : मन्त्री पुन


0
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले सोमबार सिंहदरबारमा आयोजित निर्वाचन केन्द्रित सर्वपक्षीय बैठक उपलब्धिमूलक नभएको भन्दै  छलफललाई ‘खरानीको डल्ला’ भएको संज्ञा दिएका छन् । 

The current image has no alternative text. The file name is: mahabir.jpg

निर्वाचन आयोग, राजनीतिक दल, जेनजी प्रतिनिधि तथा सरोकारवालाहरूबीच भएको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री पुनले बैठकको निष्कर्षलाई ‘खरानीको डल्ला’ भनेका हुन् । 

बैठकबाट बाहिरिने क्रममा मन्त्री पुनले उखान टुक्काको प्रयोग गर्दै भने, ‘नेपालीको सल्लाह, खरानीको डल्ला भन्ने उखान छ । आजको सल्लाह पनि खरानीको डल्ला जस्तै भयो, कसैलाई काम लागेन ।’

विशेषगरी विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार दिने विषयमा दलहरू र सरोकारवाला निकाय गम्भीर नदेखिएको प्रति उनले असन्तुष्टि जनाएका हुन् ।

मन्त्री पुनले विदेशमा बस्ने नेपालीहरूले आउँदो चुनावमा भोट दिन पाउने सम्भावना नदेखिएको बताए । उनले भने ‘विदेशमा बस्ने नेपालीहरूले चुनावमा भोट दिन पाउने छाँट छैन । यहाँको सरकारको पनि र यहाँको नेताहरूको पनि ढङ्ग देखिएन ।’
उनले विदेशमा रहेका नेपालीहरूलाई आफ्नो अधिकारका लागि आ–आफ्नो क्षेत्रबाट अभियान चलाउन आह्वान समेत गरे।

तपाईँ आफैँ सरकारको मन्त्री हुनुहुन्छ, सरकारको आलोचना गर्न मिल्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘म एकजना व्यक्ति मात्र हो, क्याबिनेटको एकजना मन्त्रीको कुराले केही हुन्न,’ उनले भने, ‘अरू साथीहरूको पनि कुरा होलान्, तर कसैले राखे जस्तो लागेन ।

प्रतिक्रिया दिनुहोस्