Logo
Logo

रवि-बालेन भेट गराएका असिम भन्छन्- कथाको सुखद सुरुवात


882
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन साहबीच मध्यरातमा भएको भेटवार्ता सकारात्मक भएको उनीहरु निकट नेताले बताएका छन् ।

गएराति रास्वपा नेता असिम साहको म्युजिक कम्पनी जी २१ को कार्यालयमा रवि र बालेनबिच भेटवार्ता भएको भएको थियो । भेटपछि उनीहरु एउटै गाडिमा बसेर निस्किका थिए ।

भेटवार्ताको चाँजोपाँजो मिलाएका असिम साहले सामाजिक सञ्जालमार्फत भेट सौहार्दपूर्ण भएको र मिलेर जानुपर्छ भन्ने विषयमा छलफल भएको जानकारी दिएका छन् ।

भेटमा भएका छलफलका विषय सार्वजनिक त भएका छैनन् तर यो भेटले एकताको सन्देश दिएको उनीहरु निकट नेताले बताएका छन् ।

असिमले भनेका छन्, ‘अन्ततः कथाको सुखद सुरुवात भएको छ । रवि र बालेन दुई दाजु–भाइको मिलन भएको छ । यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो । हामी सबै नेपालीलाई बधाई ।’

सहकारीको रकम हिनामिनाको आरोपमा लामो समयको कारागार बसाइपछि गत शुक्रबार धरौटीमा रिहा भएका रविले विभिन्न राजनीतिक भेटवार्ता र पार्टी गतिविधि बाक्लो बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्