
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक बुधबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई बोलाइएको कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले जानकारी दिए ।












