काठमाडौं । जेनजी आन्दोलनका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान सकिए लगत्तै त्तकाली प्रधामन्त्री केपी शर्मा ओलीको बयान लिने भएको छ ।

आयोगले लेखकलाई बयानका लागि उपस्थित हुन पत्र पठाएको छ । आयोगका अध्यक्ष गौरीबहादुर कार्कीका अनुसार लेखकलाई आज मङ्गलवार पत्र पठाइएको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आयोगले पत्र नपठाए पनि लेखको बयान सकिएसँगै उनको पनि बयान लिइने जनाएको छ ।
ओलीले पटक-पटक आयोगलाई बयान नदिने बताउँदै आएका छन् । ओलीले आयोगलाई बयान दिनुको साटो आफू गोली खान तयार रहेको बताएका छन् । ओलीले आयोगले बयानका लागि बोलाए देश नै ठप्प पार्ने धम्की समेत दिएका छन् । ओली बयानका लागि तयार नभए सुरक्षा निकायको सहयोगमा भए पनि बयान लिने तयारीमा आयोग छ ।
आयोगले जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे थप अनुसन्धानका लागि सरोकारवाला व्यक्तिहरूसँग बयान लिने प्रक्रिया अघि बढाएको जनाएको छ ।












