काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालमा खरिद गरिएका उपकरणलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । दुई साता मात्रै अस्पतालका निर्देशक उज्ज्वल चालिसेसहितका कर्मचारीसँग बयान लिएको छ ।

खासगरी ६५ लाख पर्ने मेसिनलाई १ करोड२५ लाखमा खरिद गरिएको पाइएपछि डा. चालिसके लगायतका कर्मचारीहरुसँग अख्तियारले बयान लिएको हो । ‘दुई साता अघि भक्तपुर क्यान्सर अस्पतालका निर्देशक र कर्मचारीसँग बयान लिइएको हो’, अख्तियार स्रोतले दृष्टिलाई बतायो ।
गत आर्थिक वर्षमा खरिद गरिएका सबै सामानहरु स्पेस लक गरेर एकजना व्यक्तिको कम्पनीलाई मात्रै हुनेगरी सामान खरिद टेन्डरमा गरिएको थियो । सुर्खेतमा ६५ लाखमा खरिद गरिएको न्युरो माइक्रोस्कोप गत आर्थिक वर्षमा भक्तपुर क्यान्सर हस्पिटलमा सोही मेसिन १ करोड २५ लाखमा खरिद गरिएको छ ।
वेस्ट म्यानेजमेन्ट मेसिन गत आर्थिक वर्ष २ करोड ३० लाखमा टेन्डर प्रक्रिया लगेर दोब्बर रकममा एउटा कम्पनीलाई मात्र स्पेस लक हुनेगरी तयार पारिएको सम्झौता गर्न लाग्दाखेरि लेखाले भुक्तानी गर्न सकिन्न भनेपछि विरोध भएपछि मिसिन अस्पतालमा थन्काएर राखिएको छ ।
वेस्ट म्यानेजमेन्ट सिस्टममा हाल अख्तियारले छानबिन गरिरहेको छ । चेतन अग्रवाल र उमेश अग्रवाल दाजुभाईको कम्पनीले सो समान खरिद गरी अस्पतालाई बुझाएको थियो । अख्तियारको छानबिनपछि डा. चालिसे आत्तिएका छन् । उनले समस्याको समाधान गर्न अख्तियारमा मिलाउनु भन्दै ठेकेदारहरुलाई बोलाएर आग्रह गरेको स्रोतको दाबी छ ।
अस्पतालका निर्देशक उज्जवल चालिसेले लागत मूल्य भन्दा बढीको सामान खरिद गरी त्यसको भुक्तानी गर्न कर्मचारीलाई दबाब दिएइएको थियो । तर कर्मचारीले भुक्तानी दिन आनाकानी गरेका छन् । चालिसेलाई तत्कालिन स्वास्थ्य मन्त्री प्रदीप पौडेलको सिफारिसमा मन्त्रिपरिषद्बाट नियुक्त गरिएको थियो ।
भुक्तानीमा दबाब बढेपछि बास्तोला थरका लेखाअधिकृत सरुवा मागेर केही समयदेखि अस्पतालमा आएका छैनन । ती बास्तोला थरका लेखाअधिकृतले यो भुक्तानी गर्न सकिदैन भनेपछि डा. चालिसेले दबाब दिएकाले उनी अस्पताल नै गएका छैनन् ।
डा. चालिसेको नियुक्ति मन्त्री प्रदिप पौडेलको कारण भएको थियो । आर्थिक लेनदेनका कारण नौ तहको व्यक्तिलाई लाई निर्देशकमा नियुक्ति गरिएको थियो । कानुन विपरीत गठनादेश विपरीत अस्पतालका जुनियर डाक्टरलाई निर्देशकमा नियुक्त गरेको बिना कुनै प्रतिस्पर्धा नियमले प्रतिस्पर्धा तीनजना हुनुपर्ने हो । तर उनलाई सिधै नियुक्ति दिइएको थियो ।
यसपछि उनले आफ्नो र प्रशासनको कर्मचारीहरूको तलब भत्ता नेपाल सरकारको नियम विपरीत आफ्नो खुसीले भुक्तानी लिएका छन् । अस्पतालमा करार ज्यालादारी चाहिनेभन्दा धेरै कर्मचारीहरु नियुक्ति गरिएको छ । खरिद प्रक्रियामा पनि त्यस्तै अनिमितता गरिएको छ । ल्याबको सामानमा पनि नचाहिने मेसिनहरू पनि जम्मा गरेर आर्थिक प्रलोभनका कारण थन्काएर राखिएको छ ।
३० लाखसम्मको कोटेसन एउटै कम्पनीलाई दिइएको छ । जब कि १० लाख भन्दा माथि कुनै पनि कम्पनीलाई एउटैलाई दिन मिल्दैन १ लाखमा आउने सामान सामानहरू ६ लाखसम्म खरिद कर्मचारीहरू तथा निर्देशकको मिलोमत्तमा खरिद गरिएको पाइएको छ । र, अहिले यस आर्थिक वर्षमा ‘पेट स्क्यान’ भन्ने मेसिन २२ करोडको एउटा कम्पनीलाई मात्र दिने गरी स्पेक्क तयार गरिएको र पैसा नेपाल सरकारले फिर्ता लिने डरले चाँडो चाँडो भन्दा चाँडो टेन्डरमा लान लागिएको छ । उक्त मेसिनको लागि राख्ने ठाउँसमेत छैन ।
मेसिनका लागि अस्पतालसँग जग्गा उपलब्ध छैन। र डाक्टर चालिसेले मन मनमैजी तरिकाले कर्मचारी भर्ती आफू निकट कर्मचारी डाक्टरहरूको प्रमोसन गरिरहेको छन् । सप्लायर कम्पनीहरूको स्पोन्सरमा छ महिनामा दुई पटक विदेश सेयर गर्ने गरेका छन् ।
न्युरो माइक्रोस्कोपको विषयमा जवाफ चित्त बुझ्दो नभएको १ करोड ४ लाखमा खरिद गरिएको छ । ५४ लाख पर्ने उपकरण यो भन्सारबाट पनि प्रमाणित हुन्छ कति हिनामिना भ्रष्टाचार भएको छ भन्ने, अख्तियारले कसरी लिन्छ यो विषयमा हेर्न बाँकी छ । भक्तपुर क्यान्सर हस्पिटल डुब्ने अवस्थामा पुगेको छ ।
निर्देशकको कारणले २५ करोड सप्लायर कम्पनीहरुलाई तिर्न बाँकी छ । तर निर्देशक आफ्नै मनमोजमा लागेको कर्मचारीहरुले बताएका छन् । पैसा खर्च गर्न तलब तलब खुवाउन जथाभावी कर्मचारी भर्ती गरेर तलब दिइरहेछन् आफ्नो खुसी तलब तोक्दै बाँडिरहेका छन् ।
विभिन्न कन्फरेन्स अस्पतालको रकम उडाइरहेकोमा कर्मचारीले असन्तुष्टि जनाएका छन् । त्यही कारण एक लेखा अधिकृत तीन महिनामै सरुवा मागेर हिँडिसकेको छन् अर्को पनि कार्यालय आउन छाडेका छन् । पुराना कर्मचारीहरु काम गर्ने अवस्थामा छैनन ।
नेपाल सरकारका कर्मचारीहरू कोही पनि बस्न मानिरहेका छैनन् । भ्रष्टाचारमा मुच्छिने डरले कर्मचारीहरु कार्यालयमा बस्न डराइरहेका छन् । निर्देशक उज्जवल चालिसेले वित्तीय प्रमुख भुर्तेल थरका व्यक्तिलाई निरन्तर लेखा, खरिदमा दबाब दिँदै आएको स्रोतको दावी छ ।
भ्रष्टाचारका अनेकन कारणले विरामीलाई किमो दिने अस्पताल आफैलाई दिनुपर्ने अवस्थमा पुगेको छ । क्यान्सरको रोगीहरुको हक हित, उपचार आदि विषयलाई कसरी व्यवथापन र सहजीकरण गर्न सकिन्छ भनेर छलफलपछि २०३९ सालमा तत्कालीन अधिराजकुमारी जयन्ती राज्यलक्ष्मी देवी शाहले नेपाल अर्बुद रोग निवारण संस्था नामक एउटा एनजिओ दर्ता गराएपछि त्यसका आडमा स्थपान भएको यो अस्पताल अहिले चालिसे लगायतका निर्दैशकहरुको कारण भ्रष्टचारको दलदलमा फसेको एक कर्मचारीले बताए ।
२०५६ सालबाट क्यान्सर रोगीहरुका लागि भन्दै भक्तपुर अस्पताल र भक्तपुर नगरपालिकाको आधा–आधा जग्गा समेटेर स्मृति क्यान्सर सेन्टर नामका अस्पताल बनाइएको यो अस्पतालललाई कहिलेकाहीँ नेपाल सरकारले भौतिक संरचना तथा सामान खरिदमा भ्रष्टचारको दलदलमा फसेको हो । निर्दैशक लगायतका कर्मचारीहरुको मिलेमतोमा अस्पतालमा भ्रष्टाचारको सिलसिला सुरु भयो ।
ल्याब, फार्मेसी, एक्सरे र सिटिस्क्यान सेण्टर अस्पतालभित्रै राख्न दिने र त्यसबाट कमिसन खाने मात्रै होइन, अस्पतालभित्रै नाफाको ब्यापार समेत हुन थालेको छ । एउटै व्यक्तिबाट करोडौँ कमिशन खाने गरी नाफा हुने क्षेत्रहरु ल्याब, एक्सरे, फार्मेसी र सिटिस्क्यानमा आफ्नै मान्छेहरु ल्याएर राखेको पनि अस्पताल स्रोतले जनाएको छ ।












