काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार शुक्रवार दिउँसो साढे १२ बजेसम्म २ हजार ६४४ मत खसेको छ ।

बिहान ७ बजे सुरु हुने भनिएको मतदान करिब एक घण्टा ढिला गरी सुरु भएको थियो । कोशी प्रदेशबाट ४१०, सुदूरपश्चिम र कर्णालीबाट ६०६, लुम्बिनीबाट ३८९, गण्डकीबाट ३३०, बागमतीबाट ४८७ र मधेश प्रदेशबाट ४२२ मत खसेको छ।
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा महाधिवेशन प्रतिनिधिहरूले सभापतिसहित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य चयन गर्न मतदान गरिरहेका छन् ।
मतदानका लागि खुलामञ्चमा ६ प्रदेश र विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट निर्वाचित भएर आएका महाधिवेशन प्रतिनिधि र प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा बागमती प्रदेशका प्रतिनिधिहरूले मतदान गर्ने व्यवस्था मिलाइएको छ ।













