काठमाडौं, २९ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार मन्त्री नियुक्त हुनुभएका तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले विष्णु पौडेल, कृष्ण गोपाल श्रेष्ठ र लिलानाथ श्रेष्ठलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार विष्णु पौडेललाई अर्थमन्त्री, कृष्ण गोपाल श्रेष्ठलाई शहरी विकास मन्त्री र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सिफारिस गर्नुभएको थियो । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले बिहीबार नै मन्त्रीत्रयलाई नियुक्त गर्नुभएको थियो ।