
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका प्रमुख बालेन शाहबिच ‘बृहत् एकता’ सम्बन्धी सम्झौता भएको छ ।
आज (आइतबार)बिहान रास्वपा सभापति रवि लामिछाने र बालेन बीच सहमति भएको हो । सम्झौतापश्चात् लामिछनेले सहमति भनेको नेताले खोजेको जस्तो नभइ देशलाई चाहिएको जस्तो हुनुपर्ने बताएका छन्। उनले भनेका छन, ‘सहमति भनेको नेताले खोजेको जस्तो होइन, देशलाई चाहिएको जस्तो हुनु पर्छ ।’
यता बालेन शाहले पनि रवि लामिछानेसँगको फोटो शेयर गर्दै ‘शुभप्रभात’ लेखेका छन् । सहमति अनुसार रास्वपाको केन्द्रीय सभापति लामिछाने नै रहने छन् भने आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन शाह अघि सारिने भएको छ ।












