Logo
Logo

टेक राज थलाल सुदूरपश्चिम रोयल्सको आइकोनिक खेलाडी


504
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले आयोजना गरेको ट्यालेन्ट हन्टबाट बायाँहाते मध्यम गतिका बलर टेक राज थलाललाई आइकोनिक खेलाडीका रूपमा छनोट गरेको छ ।

The current image has no alternative text. The file name is: thaha.jpg

सुदूरपश्चिमका विभिन्न जिल्लामा आयोजना गरिएको ट्यालेन्ट हन्टमार्फत स्थानीयस्तरमा रहेका क्रिकेट प्रतिभाको खोजी गरिएको थियो । ट्यालेन्ट हन्टमा दार्चुला, बैतडी, बझाङ, डोटी, डडेल्धुरा, अछाम, बाजुरा, कैलाली र कञ्चनपुरका खेलाडीलाई समेटिएको थियो ।

असोज १४ गते बैतडीको दिलासैनीमा दार्चुला र बैतडीका खेलाडीबाट सुरु भएको ट्यालेन्ट हन्ट असोज १५ गते बझाङ, असोज १६ गते डोटी र डडेल्धुरा तथा असोज १७ गते अछाम र बाजुरामा पुगेको थियो । असोज १९ गते धनगढीमा कैलाली र कञ्चनपुरका खेलाडीको ट्यालेन्ट हन्ट गरिएको थियो ।

ट्यालेन्ट हन्टको अन्तिम चरण असोज २० र २१ गते धनगढी ओभलमा आयोजना गरिएको थियो । टेक राज थलाल यसअघि पनि सुदूरपश्चिमको डेभलपमेन्ट स्क्वाडमा रहिसकेका खेलाडी हुन् । यसपटक भने उनलाई सुदूरपश्चिम रोयल्सले एनपीएलको तेस्रो सिजनका लागि आइकोनिक खेलाडीका रूपमा अघि सारेको हो ।

ट्यालेन्ट हन्टबाट कञ्चनपुरका धीरेन्द्र साउद र लोकेश जोशी, कैलालीका हेमन्त बुढा, सन्तोष विश्वकर्मा र सुधांशु रावल तथा दार्चुलाका वीरेन्द्र बमलाई ‘हिरोज’का रूपमा समेत छनोट गरिएको छ । उनीहरू छ जनै सुदूरपश्चिम रोयल्सको डेभलपमेन्ट स्क्वाडमा समावेश हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्