Logo
Logo

विदेशी हस्तक्षेप संस्थागत गर्न रवि-बालेनबीच सहमति भएको हर्कको आरोप


693
Shares

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले ‘विदेशी हस्तक्षेप’लाई संस्थागत गर्नका लागि रास्वपा सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन साहबीच सम्झौताको टिप्पणी गरेका छन् ।

आज बिहान सामाजिक सन्जाल फेसबुकमा भिडियो सार्वजनिक गर्दै साम्पाङले यस सम्झौतालाई उनले कुर्सिको लागि र यो देशलाई लिलाम गर्नका लागि भएको टिप्पणी गरेका हुन् ।

उनले लामिछाने र बालेन बाहको नाम नलिई भनेका छन्, ‘विदेशी हालीमुहाली प्रत्यक्ष हामीलाई महसुस भइसकेको छ, त्यसलाई अब संस्थागत गर्नका लागि… ।’

उनले बालेनलाई लक्षित गर्दै जेनजी आन्दोलनको बेला र देश जल्दा टुलुटुलु हेरेर बसेको भनेर पनि आलोचना गरेका छन् । बालेनलाई उनले ‘भित्र–भित्र बसेर डरलाग्दो खेल खेल्ने’ र ‘लुकेर बस्ने’ व्यक्तिको संज्ञा दिएका छन् ।

‘…जो भित्रभित्र लुकेर डरलाग्दो खेल खेल्छ । जेनजीलाई उक्साएर लड्न भिड्न पठाउँछ । ७०–८० जना हताहत हुन्छ । देश खरानी भएको टुलुटुलु हेरेर बस्छ । बाहिर आउँदैन । सरकार चलाइदिनुपर्यो भनेर अनुरोध गर्दा पनि आउँदैन,’ साम्पाङले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्