
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकको समय सरेको छ । बिहान ११ बजेलाई तय भएको बैठक दिउँसो २ बजेलाई सारिएको हो । आजको बैठकमा समानुपातिकका उम्मेद्वारको अन्तिम सूची तयार गर्ने मुख्य एजेण्डा छ ।
त्यस्तै कार्यालय व्यवस्थापन, समसामयिक राजनीतिक परिस्थिति र प्रधानमन्त्री–शीर्ष नेतासँगको बालुवाटार छलफलबारे अध्यक्ष केपी शर्मा ओलीले बैठकमा जानकारी गराउने बताइएको छ ।
निर्वाचन आयोगले प्रतिनिधिसभाको चुनावका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउन आज र भोलि समय तोकेको छ ।












