
काठमाडौं । ठमेलस्थित क्यासिनो वाल्डो डाइनेष्टी इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष चिनियाँ नागरिक च्यान मिन चिङ्ग पक्राउ परेका छन ।
क्यासिनोमा डमी खेलाडी तयार गरेर आँखामा लेन्स र तासमा चिप्स जडान गरेर हुने गरेको ठगीबारे अनुसन्धान गर्न प्रहरीले उनलाई पक्राउ गरेको हो ।
शुक्रबार पक्राउ परेका अध्यक्ष च्यान मिन चिङ्गमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए ।
अलफ्ट होटल परिसरमा सञ्चालित सो क्यासिनामो ‘क्यासिनो इभेन्ट’को नाममा जुवा खेलाएर भारतीय समूहले ठगी धन्दा सञ्चालन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
ठगी धन्दा सञ्चालन गरेको आरोपमा प्रहरीले मङ्सिर २६ मा भारतको महाकाय समूहका ५७ वर्षीय सुरेश महाजन सहित ६ जनालाई पक्राउ गरेको थियो ।












