Logo
Logo

मजदुरीको पसिनाले लेखेको डाक्टरी सपना 


693
Shares

काठमाडौं । सिरहा बरियारपट्टी गाउँपालिका-२ का २१ वर्षीय सत्यनारायण साफीले कडा मेहनत र लगनले एमबीबीएसमा पूर्ण छात्रवृत्ति हासिल गरेका छन् । विपन्न दलित परिवारमा जन्मिएका उनलाई अहिले बधाईको ओइरो लागिरहेको छ ।

The current image has no alternative text. The file name is: safi.jpg

फुसको झुपडीमा बस्ने सत्यनारायणका बुबा मधुरी र आमा सुनिता साफीका पाँच सन्तानमध्ये उनी जेठा हुन् । घरको आर्थिक अवस्था अत्यन्त कमजोर छ-सम्पत्तिका नाममा साढे चार धुर जग्गामा फुसको घरमात्र छ । 

बुबा वैदेशिक रोजगारीमा गए पनि परिवार चलाउन गाह्रो थियो । २०७७ मा ३.९५ जीपीएसहित एसईई पास गरेका सत्यनारायणले विराटनगरको अरनिको कलेजबाट २०७९ मा प्लस टु पूरा गरे । चिकित्सक बन्ने सपना बोकेर काठमाडौं पुगे पनि आर्थिक सङ्कटले डेढ महिनामै फर्किन बाध्य भए ।

त्यसपछि दिउँसो मजदुरी र राति ६-७ घण्टा अध्ययन गर्दै उनले निरन्तर तयारी गरे । पहिलो पटक सफल नभए पनि हिम्मत नहार्दै दोस्रो प्रयासमा पूर्ण छात्रवृत्तिमा नाम निकाले । मिहिनेत गर्दै गए सफलता अवश्य मिल्छ भन्ने विश्वास थियो ।

पुस ८ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा भर्ना भएका सत्यनारायणलाई होस्टेल, खाना, किताब आदि खर्चका लागि करिब १५ लाख चाहिन्छ । परिवारले ८० हजार जुटाए पनि बाँकी सहयोगको आशामा छन् । गाउँपालिका प्रमुख र सामाजिक अभियन्ताहरूबाट सहयोगको प्रतिबद्धता आएको छ ।

प्रतिक्रिया दिनुहोस्