Logo
Logo

डेरामै मृत भेटिए प्रहरीका सहायक हबलदार


2.7k
Shares

काठमाडौं । नेपाल प्रहरीका एक जना सहायक हबल्दार डेरामै मृत अवस्थामा भेटिएका छन् । प्रहरी प्रधान कार्यालयमा कार्यरत सहायक हबल्दार  ३० वर्षीय बलबहादुर थापा बुद्धनगरस्थित कोठाभित्रै मृत अवस्थामा फेला परेका हुन् ।

घाँटीमा पासो लागेको अवस्थामा झुण्डिएको देखेपछि उनकी श्रीमतीले उद्धार गरेर नजिकैको एभरेष्ट अस्पताल पर्याएकी थिइन् । तर चिकित्सकले उनलाई मृत घोषणा गरेको काठमाडौं प्रहरी परिसरका एसपी पवन भट्टराईले जानकारी दिए ।

सहायक हबल्दार थापाको मृत्युबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्