Logo
Logo

रविको दाबी- परिवारवादमा स्पष्ट छौं, विधि बाहिर जाँदैनौं


567
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले समानुपातिकको बन्दसूचीमा परेका केही व्यक्तिबारे भइरहेको आलोचनाको जवाफ दिँदै विधिभन्दा बाहिर आफ्नो पार्टी कुनै हालतमा नजाने दाबी गरेका छन् ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा तारिख बुझ्न बुधबार पोखरा पुगेका लामिछानेले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै विधिभन्दा बाहिर कुनै हालतमा नजाने दाबी गर्दै रास्वपा परिवारवादमा स्पष्ट भएको बताएका हुन् ।

‘रास्वपासँग विधिसँग छ, विधिभन्दा बाहिर हामी कुनै हालतमा जाँदैनौं । परिवारवादमा रास्वपा स्पष्ट छ । विधानले नै दिँदैन,’ उनले भने, ‘कथमकदाचित यी सबै विधिहरू नाघेर जानु भएछ भने राइट टू रिकलको व्यवस्था रास्वपाको विधानले नै गरेको छ ।’

उनले थप अगाडी भने, ‘हामी सचेत छौं । तर समयले गर्दा अरु दुई दिन पनि अरु केही विवाद छन् कि भनेर हामी वेट गरेका छौं । यो दुई दिनमा जति पनि जायज गुनासो छन्, सबै सम्बोधन गर्छौं । किनभने हामीले बोक्नुपर्ने एक जना मान्छे पनि छैन पार्टीमा ।’

प्रतिक्रिया दिनुहोस्