Logo
Logo

नयाँ दलमा प्रधानमन्त्रीको दलाली सुरु भइसक्यो: लिङ्देन


315
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नयाँ भनिएका दलहरूमा प्रधानमन्त्रीको दलाली सुरु भइसकेको आरोप लगाएका छन् ।

The current image has no alternative text. The file name is: rajendra-lingden-1.jpg

बुधबार राप्रपा नेपालसँगको एकता घोषणा सभामा सम्बोधन गर्दै उनले रास्वपा, काठमाडौंका मेयर बालेन शाह र ऊर्जामन्त्री कुलमान घिसिङको पार्टीसमेतको एकताको उदाहरण दिँदै यस्तो टिप्पणी गरेका हुन्।

लिङ्देनले भने, “अघिल्लो दिन एकले अर्कालाई गाली गरिरहेको थियो, अर्को दिन फेरि जोडियो। किन जोडियो र के गर्ने भन्ने स्पष्ट छैन। कहाँबाट उठ्ने भन्ने पनि थाहा छैन। यस्तो अवस्थामा प्रधानमन्त्रीको दलाली पार्टीभित्र सुरु भइसकेको देखिन्छ।”

उनले स्पष्ट विचार र सिद्धान्त बोकेको दल भनेको राप्रपा मात्रै रहेको उल्लेख गर्दै थपे, “विचार के हो, सिद्धान्त के हो भन्ने कुरा अहिले स्पष्ट छैन। यस्तो परिस्थितिमा विचार र सिद्धान्तमा अविचलित पार्टी राप्रपा बाहेक को छ ? ”

प्रतिक्रिया दिनुहोस्