Logo
Logo

देउवा टिकटमा हस्ताक्षरबाट ब्याक हुन तयार, फेरि वार्ता हुने


6.2k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीचको भेटवार्ता सकिएको छ ।

आज बिहान करिब ४५ मिनेट देउवा निवासमा भएको भेटमा उनीहरुबीच कुनै ठोस निर्णय भएन । यसअघि भएका वार्ताहरू निर्षकर्षविहीन भएपछि देउवाले दुई महामन्त्रीलाई बुधबार बिहानै निर्णायक छलफलका लागि बोलाएका थिए ।

देउवासँगको भेटमा दुवै महामन्त्रीले सभापति देउवाको सक्रियताबारे चासो राखेका थिए । तर, देउवाले सभापतिबाहेक सबै हस्ताक्षर नगर्ने सुनाउँदै प्रस्ट जवाफ नदिएपछि फेरि छलफल गर्नेगरि बैठक सकिएको एक नेताले जानकारी दिए ।

सभापति देउवासँगको छलफलमा ठोस निर्णय नआएपछि महामन्त्रीहरू निर्वाचन समितिलाई जानकारी गराएर निर्वाचन प्रक्रिया अघि बढाउने तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस्