Logo
Logo

माघका लागि ११ बैंकले ब्याजदर घटाए, कसको कति ? (सूचीसहित)


819
Shares

काठमाडौं । वाणिज्य बैंकहरूले माघ महिनाका लागि ब्याजदर थप घटाएका छन् । २० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको सूचीअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर औसतमा पुसको तुलनामा माघमा ०.१४९५ प्रतिशत विन्दुले घटेको छ ।

पुसमा व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर औसत ४.८३४ प्रतिशत रहेकोमा माघमा ४.६८४५ प्रतिशतमा झरेको हो ।
व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर माघका लागि ५.५ प्रतिशतमा कायम भएको छ । ग्लोबल आईएमई बैंकले सबैभन्दा धेरै ५.५ प्रतिशत ब्याजदर तय गरेको छ ।

पुसको तुलनामा माघमा ११ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने ८ ले स्थिर राखेका छन् । एउटाले बढाएको छ । अधिकांशले ब्याजदर घटाएसँगै औसतमा ब्याजदर घटेको हो ।

ब्याजदर घटाएका बैंकमा कृषि विकास, एभरेस्ट, लक्ष्मी सनराइज, माछापुच्छ्रे, स्ट्यान्डर्ड चार्टर्ड, सिद्धार्थ, कुमारी, सानिमा, हिमालयन, नेपाल एसबीआई र सिटिजन्स छन् ।

त्यस्तै स्थिर राखेकामा नेपाल, एनआईसी एसिया, प्रभु, राष्ट्रिय वाणिज्य, नबिल, ग्लोबल आईएमई, नेपाल इन्भेस्टमेन्ट मेगा र एनएमबी छन् । एउटा बैंक प्राइम कमर्सियल बैंकले सामान्य बढाएको छ ।

बैंकपुसको ब्याजदरमाघको ब्याजदर
कृषि विकास४.५५४.४
सिटिजन्स४.७५४.५
एभरेस्ट४.७५४.४
ग्लोबल आईएमई५.५५.५
हिमालयन५.५
इन्भेस्टमेन्ट मेगा
कुमारी४.५३४.४३
लक्ष्मी सनराइज४.७५४.५
माछापुच्छ्रे४.५
नबिल४.५५४.५५
नेपाल५.१५.१
नेपाल एसबीआई४.५५४.४
एनआईसी एसिया
एनएमबी
प्राइम कमर्सियल४.२५४.४
प्रभु४.५५४.५५
राष्ट्रिय वाणिज्य
सानिमा४.७५४.५५
सिद्धार्थ४.५५
स्टान्डर्ड चार्टड४.६४.३६

प्रतिक्रिया दिनुहोस्