Logo
Logo

सोलुको हेलिकप्टर दुर्घटना छानबिन गर्न समिति गठन


0
Shares

काठमाडौं । सोलुखुम्बुको फेरिचेमा दुई हेलिकप्टर एकापसमा ठोक्किएर दुर्घटना भएको घटना छानबिन गर्न समिति गठन भएको छ ।

मंगलबार फेरिचेमा एयर डाइनेस्टीको दर्ता नम्बर ‘९एन–एओडी’ र फिस्टेल एयरको ‘९एन–एजेआर’ हेलिकप्टर एकापसमा ठोक्किएका थिए । उक्त दुर्घटनामा एक जनाको मृत्यु भएको थियो । दुई पाइलट र एक यात्रु घाइते भएका थिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्देशक प्रभाकरचन्द्र मल्लिकको संयोजकत्वमा पाइलट तथा वायुयान इन्जिनियर सम्मिलित ५ सदस्यीय छानबिन समिति गठन गरेको हो ।

समितिलाई दुर्घटनाको कारण तथा कारक तत्त्व अध्ययन, विश्लेषण गरी भविष्यमा यस्ता दुर्घटना पुनरावृत्ति रोक्न आवश्यक सुझाव सहित प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000