Logo
Logo

मुद्दा फिर्ता गरिदिन माग गर्दै महान्यायाधिवक्ता कार्यालयमा रविको निवेदन


1.7k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफुविरुद्धका मुद्दा फिर्ता लिन महान्यायाधिवक्ता कार्यालयमा निवेदन दिएका छन् । पूर्वगृहमन्त्री समेत रहेका लामिछानेले आफूविरुद्ध दायर सम्पत्ति शुद्धीकरण र संगठित अपराधको आरोपको फिर्ता लिइदिन आग्रह गर्दै निवेदन दिएका हुन् ।

उनीमाथि विभिन्न जिल्ला अदालतमा सहकारी ठगीको आरोपका साथसाथै सम्पत्ति शुद्धीकरण र संगठित अपराध गरेको आरोपमा मुद्दा चलिरहेको छ । रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका लामिछाने केहि समय अघिमात्रै धरौटी बुझाएर रिहा भएका थिए ।

अहिले धरौटी र बैंक जमानतमा थुनामुक्त भएर आएपछि पनि फेरि पूरक निवेदन दिएको स्रोतले जानकारी दियो । उनले सहकारीको रकम अपचलनको आरोपमा चलाइएको ठगी मुद्दासँग जोडिएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको आरोपमा राजनीतिक पूर्वाग्रहका आधारमा फसाउन खोजिएको चाल भनी निवेदनमा जिकिर गरेका छन् ।

सहकारी ठगीको आरोपमा मात्रै बढी कैद सजाय मागदाबी गर्न नमिल्ने भएपछि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको आरोप जोडेर बढी कैद सजाय माग गरिएको उनको जिकिर छ । ती आरोप जोड्दा १० वर्षभन्दा बढी कैद सजाय मागदाबी गर्न मिल्छ भने १० वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा प्रमाण भेटिए थुनामा पठाउने धरालत बलियो हुने भन्दै आफूमाथि अधिकतम राजनीतिक पूर्वाग्रह प्रयोग भएको उनको जिकिर हो ।

प्रतिक्रिया दिनुहोस्