
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्री विश्वप्रकाश शर्मालाई पार्टी सभापति शेरबहादुर देउवाले कार्यकारी भूमिकबाट बाहिरिनुपर्ने लगायत तीन सर्त मान्न नसकिने जवाफ पठाएको छ ।
महामन्त्री शर्माले संस्थापनलाई पठाएको ८ बुदे प्रस्तावमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पाँच बुँदा मान्न सकिने र तीन बुँदा मान्न नसकिने जवाफ पठाएका हुन् ।
खड्काले पठाएको जवाफमा सभापति देउवाले कार्यकारी भूमिकबाट बाहिरिनुपर्ने, आगामी प्रतिनिधि सभाको निर्वाचनका लागि प्रधानमन्त्रीको उम्मेदवार तय गरेर जानुपर्ने र निर्वाचन केन्द्रित हुनका लागि पाँच सदस्यीय उच्चस्तरीय संयन्त्र गठन गर्नुपर्ने माग मान्न नसकिने उल्लेख छ ।
महामन्त्री शर्माले खड्कालाई ह्वाट्सएपमा प्रस्ताव पठाएका थिए । कार्यवाहक सभापति खड्काले पनि ह्वाट्सएपमै शर्मालाई जवाफ पठाएका हुन् ।
खड्काले आठ मिनेटभित्र जवाफ दिन भनेका छन् । त्यसपछि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बसेर अन्य प्रक्रिया अघि बढाइने खड्काले पठाएको जवाफमा उल्लेख छ ।












