काठमाडौं । नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन निर्वाचन समितिले निर्वाचनको संशोधित कार्यतालिका सार्वजनिक गरेको छ।

समितिका अनुसार आज दिउँसो ४ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ। उम्मेदवारमाथि दाबी–विरोध दर्ता गर्ने समय ४ बजेदेखि ४:३० बजेसम्म तोकिएको छ ।
दाबी-विरोधपछि उम्मेदवारको अन्तिम नामावली साँझ ६ बजे सार्वजनिक गरिनेछ । निर्वाचन समितिले मतदान राति ८ बजेदेखि १ बजेसम्म सञ्चालन हुने जनाएको छ।














