Logo
Logo

अमेरिकी भन्सार वृद्धिका बाबजुद चीनको व्यापार अधिशेष १२ खर्ब डलरको रेकर्ड


504
Shares

एजेन्सी । चीनले सन् २०२५ मा अमेरिकी भन्सार वृद्धि र व्यापार युद्धका बाबजुद १२ खर्ब अमेरिकी डलरको व्यापार अधिशेष कायम गरेको छ ।

The current image has no alternative text. The file name is: us-china.jpg

यस वर्ष चीनको निर्यात ५।५ प्रतिशत बढेर ३७ खर्ब ७० अर्ब डलर पुगेको छ, जबकि आयात घटेर २५ खर्ब ८० अर्ब डलरमा सीमित भएको छ । सन् २०२४ मा व्यापार अधिशेष ९ खर्ब ९२ अर्ब डलर थियो ।

अमेरिकामा निर्यात झन्डै २० प्रतिशत घटे पनि दक्षिण अमेरिका, दक्षिणपूर्वी एशिया, अफ्रिका र युरोप लगायत अन्य क्षेत्रीय बजारमा निर्यात विस्तार भएपछि समग्र अधिशेष उल्लेखनीय रूपमा बढेको छ ।

विश्लेषकहरूका अनुसार कम्प्युटर चिप, विद्युतीय उपकरण र कार उत्पादनमा बलियो विश्वव्यापी मागले चीनको निर्यातलाई समर्थन गरेको छ । यसले चीनको अर्थतन्त्रलाई वार्षिक झन्डै ५ प्रतिशत वृद्धिदरको लक्ष्य नजिक पुर्‍याउन मद्दत गरेको छ ।

तर सस्तो चिनियाँ वस्तुको कारण केही देशमा स्थानीय उद्योगमा असर पर्ने र चेतावनी बढ्ने चिन्ता पनि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्