Logo
Logo

देउवा नेतृत्वको समिति भंग भइसकेको छः गगन थापा


315
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले शेरबहादुर देउवा नेतृत्वको समिति भंग भइसकेको बताएका छन् । उनले विशेष महाधिवेशनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उनले भने– ‘२४८८ महाधिवेशन प्रतिनिधि यहाँ हुनुहुन्छ, तपाईंहरुमात्रै निर्वाचन आयोग जान्नुहुन्छ ? हामीले निर्वाचन आयोगमा समयमै जानकारी गराइसकेको छ । देउवाको नेतृत्वमा रहेको कार्यसमिति भंग भइसकेको छ । हामी नयाँ नेतृत्व चयनको प्रक्रियामा छौँ । यो कुरा सिंगो देश र नागरिकले सुनिरहेको छ । यो हो नेपाली कांग्रेस ।’

प्रतिक्रिया दिनुहोस्