Logo
Logo

भृकुटीमण्डपको विशेष महाधिवेशनबारे हिजै पत्र आएको थियो: आयोग


1.9k
Shares

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरूले भृकुटीमण्डपमा महाधिवेशन जारी रहेको जानकारी मंगलबार नै निर्वाचन आयोगलाई गराएका छन् ।

The current image has no alternative text. The file name is: Nirbachan-Aayog.jpg

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार विशेष महाधिवेशन पक्षधरहरूले आयोगमा पत्र पठाउँदै भृकुटीमण्डपमा महाधिवेशन सञ्चालन भइरहेको विवरण जानकारी गराएका हुन् ।

‘भृकुटीमण्डपमा विशेष महाधिवेशन चलिरहेको छ भन्ने जानकारी अन्य विवरणसहित आयोगमा पठाइएको छ,’ प्रवक्ता भट्टराईले अनलाइनखबरसँग भने, ‘महाधिवेशनबाट कुनै निर्णय भए त्यसको अद्यावधिक विवरण पठाइने पनि पत्रमा उल्लेख गरिएको छ।’

विशेष महाधिवेशन पक्षधरले आयोगमा पत्राचार गरेको जानकारी पाएपछि देउवा पक्षधरले पनि बुधबार निर्वाचन आयोगमा छुट्टै पत्र पठाएका छन् ।

देउवा पक्षधरहरूले आयोगमा बुझाएको पत्रमा नेपाली कांग्रेसको कुनै विशेष महाधिवेशन वा औपचारिक भेला आयोजना नगरिएको दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्