Logo
Logo

निर्वाचन आयोगले मान्यता नदिए देशभर आन्दोलन गर्ने देउवा पक्षको चेतावनी


1k
Shares

काठमाडौं । शेरबहादुर देउवाले नेतृत्व गरिरहेको कांग्रेसले निर्वाचन आयोगले मान्यता नदिए देशभर आन्दोलन गर्ने चेतावनी दिएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगले मान्यता नदिए देशभर आन्दोलन गर्ने चेतावनी र्दिएका हुन् । 

उनले भने, ‘निर्वाचन आयोग गलत बाटोमा जान्छ भन्ने हामीलाई लाग्दैन । तर, आशङ्काहरू छन् । निर्वाचन आयोगले हामीले नेतृत्व गरिरहेको नेपाली कांग्रेसलाई मान्यता दिएन भने कांग्रेस देशभर आन्दोलन गर्न तयार छ । हामी गाउँगाउँ, वडावडाबाट चारतारे झण्डा लिएर आन्दोलित हुनेछौँ ।’

उनले त्यस्तो अवस्थामा आए पार्टीको आह्वानमा आन्दोलनमा होमिन देशभरका कार्यकर्ता र संघ संगठनलाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्