Logo
Logo

देउवा पक्षले बोलाएको केन्द्रीय समिति बैठक आज बस्दै


693
Shares

काठमाडौं । नेपाली कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विघटित केन्द्रीय समितिको बैठक बोलाएका छन् ।

निर्वाचन आयोगले विशेष महाधिवेशनलाई वैधानिकता दिएपछि खड्काले आज बिहान आठ बजेका लागि बैठक आह्वान गरेका हुन् ।

केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेश कार्यसमितिका सभापतिहरूलाई अनिवार्य रूपमा उपस्थित हुन आग्रह गरिएको छ ।

निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएपछि बस्न लागेको यस बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ । आधिकारिकतासम्बन्धी आयोगको निर्णयलाई देउवा पक्षले अस्वीकार गरेको छ ।

पुस २७ देखि ३० सम्म काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनबाट थापा सभापतिमा चयन भएका थिए । सभापति चयनपछि बिहीबार बसेको केन्द्रीय समिति बैठकका निर्णयसहित थापा पक्षले आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोगमा कागजात बुझाएको थियो ।

देउवा पक्षले पनि आफूहरू नै आधिकारिक भएको जिकिर गर्दै आयोगमा छुट्टै कागजात पेस गरेको थियो । तर आयोगको निर्णयसँगै नेपाली कांग्रेसको चुनाव चिह्न रुख र चारतारे झण्डा देउवा पक्षबाट गुमेको छ । त्यसपछि खड्काले निर्वाचन आयोगको निर्णय खारेज हुनुपर्ने प्रतिक्रिया दिएका छन् ।

उनले आयोगको निर्णयविरुद्ध कानुनी रूपमा अघि बढ्ने पनि बताएका छन् । आयोगले गगन पक्षलाई मान्यता दिने सूचना चुहिएपछि देउवा पक्षका नेताहरुले अशोभनिय लाग्ने चेतावनी दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्