काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ ।

बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा दिउँसो एक बज बस्नेछ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवारको नाम तय गर्न सचिवालय बैठक बस्ने एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख मीनबहादुर शाहीले जानकारी दिए ।
एमालेले जिल्ला हुँदै प्रदेश कमिटीले सिफारिस गरी पठाएका नाममध्येबाट अन्तिम नामावली तयार पार्दैछ । यसअघि एमालेले एक महिलासहित कम्तीमा दुई जनाको नाम सिफारिस गर्न निर्देशन दिएको थियो । निर्वाचनका लागि यही माघ ६ गते उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यतालिका छ ।
राष्ट्रिय सभामा कांग्रेससंग चुनावी तालमेल गरेको एमालेले प्रतिनिधिसभामा पनि मिलेर जाने बताएको थियो । विषेश महाधिवेसनपछि कांग्रेसमा आएको फुटपछिको परिस्थितीबारे पनि एमालले बैठकमा छलफल गर्नेछ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार निर्वाचन आयोगले कांग्रेसको गगन पक्षलाई मान्यता दिएपछि कांग्रेसको विभाजनले मुलुकको प्रजातन्त्रमा गम्भीर चिन्ता बढाएको बताएका थिए ।
विशेष महाधिवेशन भनेर पार्टीको विधानलाई लत्याएर सडकबाट बहुमत पुर्याउने प्रयासले मुलुकमा ‘डेमोव्रmेसी’ र समाजलाई अराजकतातर्फ डोहो¥याउने प्रपञ्च रचिएको ओलीको टिप्पणी थियो ।











