Logo
Logo

देउवा र शेखर कोइरालाबाट अभिभावक र संरक्षकको भूमिका अपेक्षा गरेका छौंः गगन थापा


630
Shares

काठमाडौं । कांग्रेस सभापति गगन थापाले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता शेखर कोइराला र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबाट अभिभावक र संरक्षकको भूमिका निर्वाह हुने अपेक्षा रहेको बताएका छन् ।

सभापति थापाले शनिबार बोलाइएको केन्द्रीय समितिको बैठकअघि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पार्टीमा देखिएका विमति तत्काल अन्त्य गर्नुपर्ने बताए । उनले भने– ‘पार्टीका सबै साथीहरू एक ठाउँमा जम्मा हौं । निवर्तमान सभापति शेरबहादुर देउवाबाट अभिभावक र संरक्षकको भूमिका अपेक्षा गरेका छौं । उहाँले देशभरिका साथीहरूलाई भनिदिनुपर्छ( अब यो रोक । एक चरणसम्म हाम्रा विमतिहरू रहे, किनकि उहाँ त कार्यकारी भूमिकामा हुनुहुन्नथ्यो । वरिष्ठ नेता शेखर कोइराला र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबाट पनि त्यो भूमिका अपेक्षा गरेका छौं ।’

पार्टीभित्रका नेताहरूसँग नवनिर्वाचित पदाधिकारी र नेताहरूले कुराकानी गरिरहेको बताउँदै सभापति थापाले केही दिनभित्रमै सबै नेता एक ठाउँमा बसेर आगामी निर्णय लिने बताए । पार्टीका सबै पक्षलाई समेटेर अगाडि बढाउने उनको भनाइ थियो ।

पार्टीको आधिकारिकता गगन थापा नेतृत्वको नयाँ निर्वाचित समितिलाई हुने भनी निर्वाचन आयोगले शुक्रबार निर्णय गरेको थियो । उक्त निर्णयपछि निवर्तमान कार्यवाहक सभापति खड्काले आपत्ति जनाउँदै राजनीतिक र कानुनी लडाइँ लड्ने भन्दै आक्रोश व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्