Logo
Logo

एमाले सचिवालय बैठक सुरु, प्रतिनिधिसभा उम्मेदवारको टुंगो लगाउने


378
Shares

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक  सुरु भएको छ । बैठकले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरूको अन्तिम टुङ्गो लगाउने छ ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार माघ ६ गते १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको मनोनयन दर्ता हुने कार्यक्रम रहेको छ । सोही तयारीस्वरूप एमालेले उम्मेदवार चयन प्रक्रियालाई तीव्रता दिएको हो ।

पार्टीका विभिन्न तह-निर्वाचन क्षेत्रीय समन्वय कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीहरूले यसअघि नै सम्भावित उम्मेदवारहरूको नाम सिफारिस गरिसकेका छन् । सिफारिसअनुसार अध्यक्ष केपी शर्मा ओलीसहित करिब ३५ जना नेताहरूको नाम सम्बन्धित निर्वाचन क्षेत्रबाट सर्वसम्मत रूपमा आएको छ ।

बाँकी क्षेत्रमा आकाङ्क्षीहरूको सङ्ख्या बढी रहेकाले सचिवालयले निर्णय लिने छ । यसअघि बसेको केन्द्रीय कमिटी बैठकले उम्मेदवार टुङ्ग्याउने अन्तिम जिम्मेवारी सचिवालयलाई दिएको थियो । प्रतिनिधिसभा निर्वाचनको मतदान २१ फागुनमा हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्