कञ्चनपुर । नेपाली नयाँ गीत ‘तिम्रै लागि’ सार्वजनिक भएको छ । डेभिड द ग्रेटको शब्द तथा सङ्गीत रहेको गीतमा गायिका भगवती रावतले स्वर दिएकी छन् ।

मौलिक र आधुनिकताको फ्युजन मानिएको यस गीतलाई निर्माण टोलीले हालै डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक गरेको हो । यस गीतको भिडियोलाई अर्जुन विश्वकर्माले निर्देशन गरेका हुन् । जसलाई निर्देशक विश्वकर्मा र स्वामी प्रकाश अघोरीले संयुक्त रूपमा तयार पारेका हुन् ।
भिडियोको पर्दामा स्वामी प्रकाश अघोरी, मन्नु भट्ट र स्वयम् डेभिड द ग्रेटलाई मुख्य भूमिकामा देख्न सकिन्छ । कलाकारहरूको अभिनयले गीतको भावलाई थप प्रस्ट पारेको छ । प्राविधिक रूपमा भिडियोमा लोकेश ओख ९लोक्कु० ले सह–निर्देशक तथा नृत्य निर्देशकको जिम्मेवारी निभाएका छन् ।
गीतको दृश्यहरूलाई टीका भट्ट (टीका क्रिएसन) र सुरज साउद (प्रकाश स्टुडियो) ले छायाङ्कन गरेका हुन् भने अघोरी प्रोडक्सनले सम्पादन गरेको हो । भिडियोमा निशा रावत, पूर्णिमा भूल क्षेत्री, सरस्वती सुनार र यशोदा कार्कीको आकर्षक नृत्य रहेको छ ।











