
काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत पुगेको छ । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा समूह सर्वोच्च गएको हो ।
नेता पूर्णबहादुर खड्काको नेतृत्वमा रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेको हो । अधिवक्ता लक्ष्मी दाहाल रावलले रिट निवेदन दर्ता हुने प्रक्रियामा रहेको जानकारी दिइन् । विशेष महाधिवेशन पक्षधरले विधि विधान विपरीत महाधिवेशन बोलाएर नयाँ कार्यसमिति चयन गरेकाले उक्त महाधिवेशन अवैधानिक करार गर्न रिट निवेदनमा माग गरिएको छ ।
संस्थापन पक्षले केन्द्रीय समिति बैठकमार्फत महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सह महामन्त्री फरमुल्ला अन्सारीलाई कारबाही गरेपछि पुस २७–३० भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो । त्यसपछि कांग्रेसभित्रको विवाद निर्वाचन आयोग हुँदै अब सर्वोच्च अदालत पुगेको हो ।











