काठमाडौं। नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले माघ ६ गते हुने उम्मेदवारको मनोनयन दर्ता रोक्न माग गरेको छ ।

फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचन अन्तर्गत माग ६ गते मङ्गलवार उम्मेदवारको मनोनयनको कार्यतालिका रहेको छ । काँग्रेसको विवाद सर्वोच्च अदालतमा पुगेपछि देउवा पक्षले दायर गरेको रिटमा मङ्गलवारको मनोनयन दर्ता रोक्नुपर्ने माग गरेको हो ।
देउवा पक्षले सर्वोच्चमा दिएको रिटमा उम्मेदवारी चयन रोक्न, निर्वाचन आयोगले दिएको निर्णय बदर गर्न र विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति भङ्ग गर्न माग गरेको छ । आज पेश भएको रिट दर्ता भएर मङ्गलवार पेसी तोकिने बताइएको छ ।
यसैबीच देउवा पक्ष आजै निर्वाचन आयोग पुगेर सर्वोच्चमा रिट दर्ता भएको र गगन थापा पक्षको उम्मेदवारी चयन र मनोनयन दर्ता रोक्न र मनोनयनको अर्को मिति तोक्न परमादेश पनि माग गरेका छन् । देउवा पक्षले रिटको प्रतिलिपी आयोगमा पेश गरेर रिट बारे जानकारी गराएको छ ।











